भोटेकोशी बाढी: सुरुङ क्षेत्रमा खोजी जारी
रसुवा | भदौ ३०, २०८३
भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा हराइरहेकाको खोजीलाई तीव्र पारिएको छ ।
नेपाली सेना, आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले माथिल्लो त्रिशूली–१ र त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा पावरहाउस तथा सुरुङ क्षेत्रमा खोजी जारी राखेका छन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली थ्री ‘बी’ मा एक्साभेटर र ब्याकहो लोडर प्रयोग गरी आवासगृह, कार्यालय भवन तथा सुरुङ क्षेत्रमा खोजी गर्दै पावरहाउसतर्फ खोजी केन्द्रित गरिएको छ । त्यसै गरी रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली थ्री ‘ए’ र त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा खोजी जारी राखेको हो ।
नेपाली सेनाले हालसम्म हवाई माध्यमबाट मात्र चार हजार १७७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार ८९४ जना नेपाली र २८३ जना विदेशी नागरिक छन् ।
रसुवागढी जलविद्युत् आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले सुरुङ तथा आयोजनाका अन्य संरचनामा खोजी गरिरहेको छ । लाङटाङ जलविद्युत् आयोजनामा ड्रोन प्रयोग गरी सुरुङभित्र खोजी गरिए पनि हालसम्म कुनै व्यक्ति फेला नपरेको सेनाले जनाएको छ । त्यसै गरी चिलिमे जलविद्युत् आयोजनामा भने खोजी कार्य थप कठिन बनेको छ ।
संयुक्त टोलीले एक्साभेटर र लोडर प्रयोग गरी सुरुङमा थुप्रिएको करिब एक सय मिटर माटो तथा भग्नावशेष हटाएको छ । सुरुङभित्र पानी भेटिएपछि पानी हटाउने कामसँगै उद्धार टोलीले डोरीको सहायताले भित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

